काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छिन् ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाएकी हुन् । उनले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गरिन् ।
उनले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोजेको भन्दै प्रश्न गरिन् । उनले प्रधानमन्त्री दाहाल सत्तामा बढी केन्द्रित भएको आरोप लगाइन् । उनले सत्ता ठूलो की मुलुक भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।
प्रतिक्रिया दिनुहोस्