काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ मा पुगेको हो ।
सोमबार ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ कारोबार भएको छ ।
सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय रुपैयाँ रहेको छ ।
सोमबार १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने बुद्ध भूमी नेपाल हाइड्रोपावरको सेयरमा ७.०१ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्