Shikhar Insurance
National Life

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार १४:१७
Hyundai
NCELL
NIMB
काठमाडौं । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्दै किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गरे ।  सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उनले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गरिन् । सांसद कोइरालाले गैरकानुनीन रुपमा कामदारका रुपमा इराक पु¥याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराईन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्