Shikhar Insurance
National Life

एससीएसएमएफद्वारा ‘खेलकुद सम्मान’ आयोजना, स्वर्ण पदक बैकुण्ठ मानन्धरलाई

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ)ले खेलकुदमा योगदान पुर्याएका वरिष्ठ खेलाडीलाई सम्मान गर्न नयाँ प्रशस्तिको आयोजना गरेको छ । समारोहमा पुरानो पुस्ता र नयाँ आउने युवालाई सम्मान प्रदान गरिने र समारोहलाई ‘SCSMF Sports Award 2024’नाम दिएको शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनले जनाएको छ ।

यसपालि ‘SCSMF Sports Award 2024’ प्रख्यात ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिने शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले भन्यो, ‘उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक (Gold Medal) जितेर रेकर्ड बनाएका छन् र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट, ऐतिहासिक प्रदर्शनको लागि चर्चित छन्।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अर्को ‘एससीएसएमएफ खेलकुद पुरस्कार २०२४’ खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुङलाई प्रदान गरिनेछ। उनी एसियाली र अन्तर्राष्ट्रिय खेलकुद-मार्शल आर्ट्स , कराते, मा उल्लेखनीय प्रदर्शनको लागि नामी छन् र हालै वहाले चीनमा भएको १९औ एशियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल भइन् । पुरस्कार स्वरूप प्रत्येकलाई २,५०,००० सम्मान नगद प्रदान गरिनेछ’  फाउन्डेसनले भन्याे ।

शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो । फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा निम्नरुपमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु रहेकाे फाउन्डेसनले जनाएकाे हो ।

विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा ‘Nepal Sports For All Commission’  को सहकार्यमा ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भु’ ‘The Dawn of a New Era in Nepal Sports’  नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्