काठमाडौं । सरकारले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरेको छ । असार ७ गते बसेको नेपाल सरकार, सचिव बैठकको निर्णयअनुसार कर्मचारी सरुवा स्थगित गरेको हो ।
असार ६ गतेको बैठको निर्णय अनुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवा सम्बन्धी कार्य स्थगित गरेको मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो कार्य स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्