काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । कम्पनीहरु आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार सुरू गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भए अनुसार कारोबार रोक्का गर्न लागेका हुन् ।
लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।
साथै, डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्