काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) ले सयेर बिक्रीमा ल्याएको छ । बैंककले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएके हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम १ सय १ रुपैयाँमै तोकिएको छ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
सेयर खरिदको लागि संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले असार १० गते (आज) देखि १७ गतेभित्र कार्यालय समयसम्म आवेदन पेश गर्न सक्नेछन् ।
साथै, संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्