Shikhar Insurance
National Life

न्यूनतम मूल्य २ सय ४० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी जनार्दन पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता, अन्जु पाण्डेको १६ हजार ५ सय ८६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ४० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद बिक्रीको लागि संस्थापक सयेरधनीहरुले सूचना प्रकनाशन भएको ३५ दिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्