Skip to content
Shikhar Insurance
National Life

इभी गाडीमा कर छलि-चिनियाँ भन्सारले उत्पादकलाई सोध्यो, ‘व्यापारीको माग बमोजिम कागजात बनाइदिएका हौं’

Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतिय गाडीमा किलोवाट छलि भएको विषयमा चिनियाँ भन्सार कार्यालयहरुको पनि ध्यानाकर्षण भएको छ । नेपालमा अवैध सुन छाडेर बदनाम बनेको चिनियाँ भन्सार पुन: किलोवाट छलिमा जोडिएपछि जाँचबुझ सुरु गरेको हो ।

उत्तरी नाकाका रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयले चिनियाँ विद्युतिय गाडीले चीनमा कुन विवरण पेश गरेको थियो भनि सोधेको थियो । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले कार्यालयहरुलाई चिनियाँ नाकामा नेपाली इभी आयातकर्ताले पेश गरेको कागजात समेत बुझ्न निर्देशन दिएका थिए ।

महानिर्देशक निरौलाले भने, ‘इभी गाडीमा नेपाली व्यवसायीहरुले चिनियाँ नाकामा पेश गरेको कागजात बुझ्न भनेका छौं, अनौपचारिक जानकारी अनुसार व्यवसायीहरुले चिनियाँ नाकामा पनि नेपालमा बुझाएको जस्तो डकुमेन्ट बुझाएको पाएका छौं ।’

स्रोतका अनुसार चिनियाँ भन्सारले उत्पादक कम्पनीहरुलाई भएको के हो ? भनि लिखित रुपमा नै जवाफ माग गरेका छन् । उत्पादक कम्पनीहरुले चिनियाँ भन्सार नाकालाई उपलब्ध गराएको विवरण अनुसार उत्पादकहरुले नेपाली आयातकर्ताहरुले माग गरे बमोजिम कागज मात्रै निर्माण गरेको जानकारी दिएको छ ।

विभागका एक कर्मचारीले सिंहदरबारसँग भने, ‘हामीले चिनियाँ भन्सारमा बुझ्दा उनीहरुले उत्पादकहरुलाई नै पत्र लेखेर जवाफ मागेका छन्, जवाफमा उत्पादक कम्पनीहरुले नेपाली व्यवसायीहरुले माग गरे अनुसार कागजता निर्माण गरिदिएको जवाफ दिएका छन् ।’

नेपालमा इभी आयातकर्ताहरुले अर्बौ राजस्व छलि गरेर गाडीहरु भित्र्याइरेका छन् । एक इभी आयातकर्ता व्यावसायीले भने, ‘कागज मात्रै निर्माण गर्दा करौडौ राजस्वको छलिको सुविधा पाइन्छ भने म किन नगर्ने, मैले यो विषयलाई सरकारले सुविधा दिएको रुपमा बुझेको छु ।’ ती व्यावसायीले सरकारलाई नापजाँच गर्ने मेसिन ल्याएर कर निर्धारण गर्न समेत चुनौति दिए ।

हाल इभी आयातकर्ताहरुले कानुनी छिद्रको प्रयोग गरी धमाधम किलोवाट घटाएर इभी गाडीहरु भित्र्याइरहेका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ११ महिनामा ११ हजार ४ सय ६६ वटा इभी गाडी आयात भैसकेका छन् ।

इभी गाडीमा किलोवाट छलि भएको खोजमुलक समाचार सामाग्री संचार माध्यममा प्रकाशित भएपछि भन्सार विभागले सबै मातहत कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । परिपत्रमा विभागले छुट भएको राजस्व उच्च सतर्कताका साथ असुल गर्न निर्देशन दिइसकेको छ ।

भन्सार विभागको निर्देशन अनुसार कार्यालयहरुले आयातकर्ताहरुसँग थप कागजात माग गर्न सुरु गरेका छन् । आयातकर्ताहरुले भने गाडी निर्माण गर्ने कम्पनीहरुसँग वेवसाइटमा झुटो विवरण राखिदिन दबाब दिइरहेका छन् । भन्सार विभागले परिपत्र गरेपछि कम्पनीहरुले आधिकारिक वेवसाइटमा झुटो विवरण लेखाउन थालेका छन् ।

विभागको परिपत्रपछि चिनियाँ गाडी उत्पादक कम्पनी चेरीले उत्पादन गरेको ओमोडा ई-५ मोडलको गाडी ९९ किलोवाट भएको झुटो विवरण लेख्न लगाएको छ । १ सय ९० किलोवाटको गाडी आयात गरेर ९९ किलोवाटको भन्सार तिरेर ग्राहकलाई भने १९० किलोवाटकै गाडी भनेर बिक्री गरिरहेका छन् ।

यस्तै, अन्य कम्पनीहरुले पनि झुटो विवरण लेख्न लगाइरहेका छन् । इभी गाडीहरुमा भन्सार छलिको तथ्य बाहिरिएपछि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धानलाई तिब्र बनाएको छ ।

विभागले सबैभन्दा पहिले बीवाईडीको अटो-३ (ATTO-3) मा किलोवाट छलि भएको भन्दै अनुसन्धान सुरु गरेको छ । विभागले अटो-३ मा किलोवाट छलि भएको भन्दै कम्पनीमा पुगेर छापा मारेको थियो । कम्पनीमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ,भने थप कागजात मगाएर अनुसन्धान गरिरहेको छ ।

विभाग स्रोतका अनुसार बीवाईडीले अटो-३ मोडलका एक हजार भन्दा बढि गाडीमा कर छलि भएको छ । इभी गाडीमा कर छलि मात्रै नभई न्युनबिजिकरण समेत भएको विषयमा विभागले अनुसन्धान अघि बढाइरहेको छ । विभागले अन्य कम्पनीहरुमा पनि छिट्टै छापा मार्ने तयारी गरेको छ ।

बीवाईडीको एक मोडलमा मात्रै ५४ करोड १५ लाख भन्सार छलि भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सो कम्पनीमाथी १ अर्ब ६२ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर हुने बुझिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE