Shikhar Insurance
National Life

३ हजार बढीले गरे सहकारी रोजगार मेला अवलोकन, २ सय विद्यार्थीलाई करीयर काउन्सिलिङ

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमै सञ्चालीत मेलामा करीब ३ हजारदेखी ४ हजारले अवलोकन गरेका हुन् ।

मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विज्ञद्वारा करबि २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ । समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको अवसरको लाभ लिएकामहासंघले बताएको छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती पनि भए । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि अपेक्षाअनुसार नहुनुलाइ महासंघले सिकाइको रुपमा लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यद्यपी सहकारीको ३० वर्षे ईतिहासमा पहिलो मेला गर्न र सहकारीले सकारात्मक सन्देश दिन सफल भएको महासंघकी अध्यक्ष ओमदेवी मल्ल बताउछिन् । मल्ल भनिन् ,‘हामीले यो मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कती सफल भयौं, तर सुरुवात ग¥यौं । आगामी वर्षमा भने व्यवस्थित गर्दै जाने छौं ।’ सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्पmत बुझाउन सफल भएको उनको भनाइ छ ।

मेलामा करीब २९ ओटा स्टलहरुमार्फत विभिन्न उत्पादीत सामाग्रीहरु प्रदर्शन समेत गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाईनबाट सिभि संकलन गरेको महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले जानकारी दिइन । महासंघकै गुगलमार्फत आईटि, फाईनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका लागि आवेदन परेको छ । कतिले गरे भन्ने तथ्यांक केहि दिन पछि आउँछ । सहकारी संस्थाहरुले खोजी गरिरहेकाले अब आवेदन परेकाबाट महासंघमार्फत समन्वय गरिदिने छौं उनले भनिन् ।

महासंघले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्न मेलाको आयोजना गरेको हो । स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको काम सो मेलालेगरेको आयोजकको भनाइ छ ।

मेलाको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नुपर्ने भन्दै केहि व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराए । सहकारीले किसानबाके उत्पादन विक्रि गर्ने वातावरण तय गरेको समेत उनले बताए । यसैक्रममा मन्त्री अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाय कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् ।

यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’ केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्याको भनाइ छ । उनकाअनुसार केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । उनी जोड दिंदै थप्छन्, ‘सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन।,’ सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए । सहकारीले भोलीका दिनमा कसरी काम गर्ने र सहकारीलाइ कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्