काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ मा पुगेको हो ।
आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ ।
साथै, आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जल विद्युत कम्पनी र नेपाल फाइनान्सको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, बुद्ध भूमी नेपाल हाइड्रोपावरको ८.१७ प्रतिशत, मन्डकीनि हाइड्रोपावरको ८.०२ प्रतिशत, पोखरा फाइनान्सको ६.९५ प्रतिशतसहित १११ कम्पनीको सेयरमा मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्