काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै सुरु गर्नुपर्ने बताए । उनले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने जानकार ीगरे । उनले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताए ।
चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्