Shikhar Insurance
National Life

दमौली अस्पतालमा थपिए २८ लाख बराबरका दुई थान डायलाइसिस मेसिन

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १२:४६
Hyundai
NCELL
NIMB

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्