Shikhar Insurance
National Life

निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुल्ला गर्दै, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को स्वामित्वमा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले भोली(असार १० गते)देखि निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ईच्छुकहरुले असार १७ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने बंकले एक सूचनामार्फत जानकारी दिएको छ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्