Shikhar Insurance
National Life

किसान लघुवित्त र जाल्पा सामुदायिकले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई लघुवित्त एक आपसमा मर्ज हुने भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भएर असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।

दुबै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुबै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाुको नामबाट कारोबार हुने संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ । यता असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २६ गते सबै सेवाहरु अवरुद्ध हुने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्