Shikhar Insurance
National Life

ग्यारो डीटी-६० स्कुटरको माइलेज च्यालेन्ज, सिंगल चार्जमै ३६७ किलोमटर दौडियो

सिंहदरबार संवाददाता
२०८१ असार ८, शनिबार २२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा पहिलो पटक भित्रिएको ग्यारो-६० स्कुटरको माइलेज च्यनलेन्ज गरेको छ । स्कुटरको सिंगल चार्जमा कति किलोमिटर कुद्छ भनि २ जनाबिच प्रतियोगता नै गरेको हो ।

प्रमुख प्रभावशाली इन्फ्लुएन्सर र मोटोभ्लगरहरू राम बिक्रम थापा (ट्विन्सराइडर भ्लग्स), नेशाङ श्रेष्ठ, र बिशेष रेग्मी खत्रीले  ग्यारो रेन्ज टेस्ट गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिशेष रेग्मी खत्रीले चितवन सम्मको यात्रा एक पटकको चार्जमा पूरा गरेर स्कूटरको प्रभावशाली रेन्ज देखाएका हुन् । त्यस्तै, राम बिक्रम थापा र नेशाङ श्रेष्ठले क्रमशः ३५८ किलोमिटर र ३६७ किलोमिटरको यात्रा एक पटकको चार्जमा पूरा गरे। यी वास्तविक परीक्षाहरूले ग्यारो DT-60 को उत्कृष्ट प्रदर्शन र दक्षता रहेको प्रमाणित गरेका हुन् ।

नेपालमा विद्युतिय स्कुटर सेग्मेन्टमा सबैभन्दा धेरै ग्यारेन्टी र सबैभन्दा धेरै माइलेज दिने स्कुटरको सफल रेन्ज टेष्ट सफल भएको हो । क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्टले  बिक्री गर्दै आएको यस स्कुटमा ४८ किलोको ब्याट्री दिएको छ । कम्पनीले ब्याट्रीको पाँच वर्षसम्म ग्यारेन्टी दिएको छ ।

कम्पनीले स्कुटर बिक्रीमा आक्रामक बन्न सुरु गरेको छ । हालसम्म देशभर ८ वटा स्वरुम विस्तार भैसकेका छन् । साथै, ग्यारोले ग्यारो जिमखाना सुरु गर्ने घोषणा गरेको छ, जसमा रोमाञ्चक कोर्सहरू समावेश हुनेछन् ।

जिमखाना इभेन्टहरूमा चालकहरूले जटिल बाधा पुऱ्याउन र गति, चपलता र कौशललाई परीक्षण गर्ने प्रतियोगिताहरू समावेश छन् । ग्यारो जिमखानाको बारेमा थप जानकारी चाँडै नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

ग्यारोले नेपालको विभिन्न स्थानमा सेवा केन्द्रहरूको विस्तार गर्ने योजना पनि प्रस्तुत गरेको छ, जसले टिकाउ र उच्च प्रदर्शनयुक्त यातायात समाधानहरू प्रदान गर्ने प्रतिबद्धता देखाउँछ । कम्पनीले सञ्जालभरी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जसले गर्दा ग्राहकहरूले कुनै पनि स्कूटरसम्बन्धी समस्यामा तुरुन्त सहयोग पाउन सक्छन् ।

कम्पनीले एक विशेष समारोह गरी  DT977 MX च्याम्पियनशिप श्रृंखलाका विजेता भिम होना सम्मानित गरेको छ । जेठ ५, २०८१ मा भएको च्याम्पियनशिप फाइनलमा भिमको उत्कृष्ट सवारी कौशल सहित उनी विजेता बनेका थिए ।

कम्पनीले भीमलाई क्रसफायरको ट्रैकर २५० बाइक प्रदान गरेको छ । यो हस्तान्तरण समारोहले भिमको विजयलाई सम्मानित गर्दै क्लासिक व्हील्सले स्थानीय प्रतिभा र खेलकुद कार्यक्रमहरूलाई समर्थन गर्ने प्रतिबद्धता देखाएको छ ।

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्