Shikhar Insurance

धितोपत्र बोर्ड अध्यक्ष प्रकरण-अर्थमन्त्री-सचिव टकराव,मरासिनीको विकल्प खोज्दै बर्षमान

सिंहदरबार संवाददाता
२०८१ असार ८, शनिबार १४:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रकरणले अर्थमन्त्री बर्षमान पुन र अर्थ सचीव मधु मरासिनीबिच टकराव सुरु भएको छ ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा अर्थसचिव मरासिनीले अर्थ मन्त्री पुनलाई बाईपास गरेर व्यवसायीक घरानाको एजेन्डा बोकेपछी मन्त्री र सचीवबिचको टकराव बाहिरिएको हो ।

Citizen Life
Kumar Bank

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका पुर्व आर्थिक सल्लाहकार श्रीराम पौडेलका नातेदार पर्ने अर्थसचिव मरासिनीले पछिल्लो समय अर्थमन्त्रीलाई टेर्न छाडेका छन् । कुनैबेला जनार्दन शर्माका प्रिय पात्र रहेका मरासिनीले बजेटमा विवाद आएपछि सरुवा मागेर जनार्दन शर्माको साथ छाडेका थिए ।

माओवादी पार्टीमा शर्माका प्रतिस्पर्धी बर्षमान पुनले शर्मासंगको नेगेटिभ रिलेसनकै कारण पनि मरासिनीलाई अर्थसचिवका रुपमा स्वीकार गरेका थिए ।

तर धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकरणमा मरासिनीले मन्त्री पुनलाई क्रस गर्दै जनार्दन शर्माले अघि सारेका पात्रका पक्षमा खरो उत्रिएपछी नयाँ परिस्थिति सृजना भएको हो ।

पछिल्लो समय सचीव मरासिनीले अर्थमन्त्री पुनलाई बाईपास गर्दै प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई रिपोर्टिङ गर्न थालेका छन् ।सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा  खेपेका मरासिनीले विशेष अदालतबाट फास्ट ट्रयाकमा सफाई पाएका थिए ।

विशेष अदालतबाट सफाइ पाएको दुई दिन भित्रै अर्थ सचिवको जिम्मेवारीमा फर्किएका मरासिनीले ‘भ्रष्टाचार मुद्दामा क्लिन चिट’ दिलाउनेहरुको गुण तिर्न थालेको स्रोत बताउँछ ।

बोर्ड अध्यक्ष बन्ने दौडमा रहेका माओवादी निकट तीन प्रतिस्पर्धीले अन्तिम समयमा अन्तर्वार्ता बहिष्कार गरेका थिए । अन्तर्वार्ता बहिष्कार गर्ने डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई भविस्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरि कार्वाही गर्नुपर्ने अडान सचीव मरासिनीले छनौट समितिमा राखेका थिए ।

अर्थ मन्त्रालय मातहतमै पर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका सिईओ कार्कीलाई अहिले नै कारवाही गर्नुपर्ने विषय पनि सचीव मरासिनीले उठान गरेको श्रोत बताउँछ ।

एउटा व्यवसायीक घरानाले अघि सारेका सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन सचीव मरासिनीले निकै मेहनत गरेपछि अर्थमन्त्री पुनले अब मरासिनीको विकल्प खोज्ने तयारी गरेको श्रोतले बतायो । मन्त्री पुन भने धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठलाई कुनै हालतमा अध्यक्ष नबनाउने पक्षमा छन् ।

मन्त्रीको चाहना विपरीत बोर्ड अध्यक्ष नियुक्त गर्न लागिपरेका सचीव मरासिनी माओवादीका आफन्त र काङ्ग्रेसका कार्यकर्ता हुन् । स्याङ्जाका मरासिनीलाई काङ्ग्रेस नेता गोपालमान श्रेष्ठको राम्रो साथ छ ।

बोर्ड अध्यक्ष छनौट समितिमा सचीव मरासिनी पदेन सदस्य छन् भने उदय निरौला विज्ञ सदस्य छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजक रहेको समितिमा सचीव मरासिनी र निरौलाको साझा एजेन्डा सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउनु हो । समितिका दुई सदस्य एक ठाउँ उभिएपछि संयोजक श्रेष्ठ अल्पमतमा परेका छन् ।

मरासिनी र निरौलाले अध्यक्ष बन्न अन्तर्वार्ता दिएका सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गर्नु पर्ने अडान कसेका छन् । कानुनमै अध्यक्षका लागि योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने ब्यवस्था छ । तर दुई जनाले मात्रै अन्तर्वार्ता दिएपछि अहिलेको प्रक्रिया नै रद्द गर्नु पर्ने अवस्था निर्माण भएको छ । तर मरासिनी र निरौलाको जोडबलमा कानुनी रायका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखिएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीश बनाईदिने आश्वासन दिएर अन्तर्वार्तामा सहभागी दुई जनाको नाम अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न मिल्ने राय लेख्न दवाब दिएको श्रोताले सिंहदरबारलाई बतायो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्