Shikhar Insurance

जेठ १५ अघि नै भित्रियो साढे ११ हजार इभी गाडी, सरकारको राजस्वमा धक्का पुग्दा व्यापारीलाई लाभ

रोशनी तामाङ
२०८१ असार ९, आईतवार ०८:२०
NIMB
Nabil Bank

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ११ हजार ४ सय ३८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान(इभी गाडी) भित्रीएको छ । इभी गाडीमा पहिले नै कर बढ्ने सुँइको पाएका व्यापारीले धमाधम गाडी आयात गरेका हुन् ।

चालु वर्षको १० महिना १४ दिनमा अत्याधिक इभी गाडी भित्रिएको हो । व्यावसायीहरुले एक वर्षका लागि पुग्ने गाडी भित्र्याइसकेका छन् । इभी गाडीको आयातबाट राज्यले भने पेट्रोलियम गाडीको तुलनामा अर्बौं राजस्व गुमाएको छ । कर बढ्नु अघि नै अधिक गाडी भित्रिएपछि बढेको करले यो वर्ष व्यवसायीलाई मात्रै नाफा हुने देखिएको छ ।

Citizen Life
Kumar Bank

११ हजार ४ सय ६६ वटा गाडी खरिद गर्न नेपाली व्यवसायीले विभिन्न देशमा २९ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

सरकारले इलेक्ट्रीक कार, जिप र भ्यान(इभी गाडी) आयातमार्फत सरकारले १३ अर्ब ६ करोड राजस्व संकलन गरेको छ । आव २०८०/८१ को ११ महिनामा नेपालमा २०० किलोवाटदेखी ३०० किलोवाट सम्मको २०९ वटा मात्रै गाडी भित्रीएका छन् । त्यसैगरी, ५० किलोवाट देखि १०० किलोवाटसम्मको गाडी ६ हजार ८८५ वटा र ५० किलोवाट भन्दा मुनीका ४ हजार ३४४ वटा गाडी नेपालमा आयात भएका छन् ।

तुलनात्मक रुपमा गत वर्षभन्दा यो वर्ष ७ हजार ३९२ वटा बढी ईभी आयात भएको हो ।

त्यस्तै, २०७९/८० मा इलेक्ट्रीक कार, जिप र भ्यान(इभी गाडी) कुल ४ हजार ४६ वटा भित्रिएका थिए । जसका लागि नेपाली व्यवसायीले ११ अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँको रकम खर्चिएका थिए ।

पछिल्ला वर्षहरुमा इभी गाडी आयात बढ्दै गएको छ । पेट्रोलियम गाडीको तुलनामा इभी गाडीको मूल्य र खर्च कम पर्ने भएपछि इभी गाडीमा ग्राहकको आकर्षण बढिरेहको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ अनुसार विद्युतिय गाडी(इभी गाडी)मा कर बढाएका छन् । पुनले इभी गाडी शुन्यदेखी ५० किलोवाटसम्म भन्सार महसुल १० प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत कर पुर्याएका छन् ।

५१ किलोवाटदेखी १०० किलोवाट सम्म १५ प्रतिशत लाग्दै आएको भन्सार महसुल २० प्रतिशत, १० प्रतिशत रहेको अन्तशुल्कमा १५ प्रतिशत कायाम गरेका छन् ।  १०० देखी २ सय किलोवाटसम्म भन्सार र अन्तशुल्क २०/२० प्रतिशत लाग्दै आएकोमा भन्सार महसुल १० प्रतिशत बढाएर ३० पुर्याइएको छ ।

यसैगरी, २ सय देखी ३ सय किलोवाटसम्मको भन्सार महसुल ४० प्रतिशतबाट ६० प्रतिशत पुगेको छ ।

इभी आयातकर्ताहरुले भन्सारमा किलोवाट छलि गरेको भन्दै भन्सार विभागले अध्ययन सुरु गरेको छ । राजस्व अनुसन्धान विभागले पनि इभी गाडीमा भन्सार छलि भएको भन्दै अनुसन्धान सुरु गरेको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्