काठमाडौं । ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात भएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा आयात १.८४ प्रतिशतले घटेको हो ।
सो आयातबाट विभागले ३ खर्ब ८४ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ११ महिनामा निर्यात १ खर्ब ३९ अर्ब २६ करोड रहेको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा ३.०१ प्रतिशतले कम रहेको छ । ११ महिनामा व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा १.७२ प्रतिशतले कम हो ।
आयात तर्फ धेरै राजस्व तिर्नेमा डीजेल पहिलो नम्बरमा परेको छ । ११ महिनामा भारतबाट १ खर्ब २९ अर्ब २० करोड बराबरको डिजेल आयात भएको छ । जसबाट ५० अर्ब ४८ करोड ७० लाख राजस्व संकलन भएको छ ।
यस्तै, दोस्रो नम्बरमा पेट्रोल रहेको छ । यो अविधमा पेट्रोल आयातबाट आयल निगमले ३६ अर्ब ८ करोड ९२ लाख राजस्व दाखिला गरेको छ । ग्यास आयातबाट ९ अर्ब ५२ करोड ६९ लाख राजस्व संकलन हुदाँ चीनबाट मात्रै भित्रिएको चिनियाँ गाडीले ९ अर्ब १९ करोड ६८ लाख राजस्व दाखिला गरेको छ ।
प्रतिक्रिया दिनुहोस्