Shikhar Insurance
National Life

जाजरकोटको खलङ्गामा प्रभु बैंकको ३०७ औं शाखा सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ असार ७, शुक्रबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले असार ७ गते जाजरकोट, भेरी नगरपालिका, वडा नं.०४ मा स्थित खलङ्गा बजारमा शाखा खोली सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्