Shikhar Insurance
National Life

न्यूनतम मूल्य १ सय रुपैयाँमा सिटिजन्स बैंकको सेयर सर्वसाधारणको लागि बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार ७, शुक्रबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीतुलसी प्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५ सय ८०.७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको एक सूचना मार्फत बैंकले जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको खदिर बिक्री प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकेको छ । सेयर खरिदको लागि बैंकले अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्