Shikhar Insurance
National Life

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप लगाइँदै

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १६:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिएका हुन् ।

काठमाडौंमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ उनले भने ‘त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछौं।’ उनका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उनले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइएको थियो । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने लक्ष्य राखेको छ ।

खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्