काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अंकले घटेर २०६८.३१ मा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार माउन्टेन इनर्जी नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ९ रुपैयाँ ९० पैसा रहेको छ ।
बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ एक कस्पनीको ९.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्