Shikhar Insurance

ओमोडा ई-५ मा यसरी भएको छ भन्सार छलि, किलोवाट मात्रै फरक सबै विशेषता उही

प्रकाश वाग्ले
२०८१ असार ६, बिहीबार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ विद्युतिय गाडी उत्पादक ‘चेरी’ले उत्पादन गरी शारदा ग्रुपले नेपाल भित्र्याएको विद्युतिय गाडीमा किलोवाट कम देखाइएको भेटिएको छ । शारदा ग्रुपले आयात गरेको ओमोडा ई-५ मोडेलको गाडीमा किलोवाट छलि भएको भेटिएको हो ।

ओमोडा ई-५ उत्पादन गर्ने कम्पनीको वेबसाइटमा ओमोडा ई-५ को किलोवाट १५० किलोवाट लेखेको छ । कम्पनीले सो भन्दा कम किलोवाटको सो मोडेलको गाडी उत्पादन गरेको छैन । स्रोतका अनुसार इभी गाडीमा भन्सार छलि भएको समाचार बाहिरिएपछि नेपाली कम्पनीहरुले धमाधम विदेशी कम्पनीहरुको वेबसाइटमा  ९९ किलोवाट लेख्न लगाएका छन् । यसकारण वेवसाइटमा ९९ लेखिएको भेटीन थालेको छ ।

Citizen Life
Kumar Bank

वेबसाइटमा ९९ किलोवाट लेखेको भेटिएपनि गाडीको छुट्टै मोडल भने देख्न सकिदैन ।  स्रोतका अनुसार कम्पनीले अनौपचारिक रुपमा १ सय ५० किलोवाटकै गाडी भएको र भन्सार महसुल छलि गरी ल्याएकोले गाडी सस्तोमा बिक्री गर्न सकिएको बताउने गरेका छन् । एक व्यवसायीले भने,’ओमोडा ई-५ मोडलको गाडी १ सय ५० किलोवाटकै भएको उहाँहरुले नै स्वीकार गर्नुभएको छ, गाडीको मोडल र पर्फमेसन हेर्दा ९९ किलोवाटको हुनै सक्दैन ।’

१५ प्रतिशत भन्सार छलि गर्न कम्पनीले झुटो कागजात निर्माण गरेको हो । सरकारसँग किलोवाट नाप्ने भरपर्दो उपकरण नभएको भन्दै व्यापारीहरुले सोको धामधम लाभ उठाइरहेका छन् । सवारी परिक्षण कार्यालय टेकुमा अहिले चेसिस डाइनामो मिटर रहको छ । सो मेसिनले चक्कामा उत्पन्न हुने पिक पावर मात्रै नाप्ने गरेको छ । विद्युतिय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) भन्ने प्रणाली हुन्छ । यो प्रणालीले गाडीको ब्याट्रीलाई म्यानुपुलेसन गर्न सक्छ । यसकारण चेसिस डाइनामो मिटरले इभी गाडीको वास्तविक क्षमता मापन गर्न नसकिने प्राविधिकहरुको तर्क छ ।

इभी गाडीको वास्तविक क्षमता परिक्षण गर्न इन्जिन डाइनामो मिटर आवश्यक पर्छ । सो मेसिन खरिद गर्न ५ देखी ६ करोड खर्च हुने प्रविधिकहरुको बुझाइ छ । सवारी परिक्षण कार्यालय स्रोतका अनुसार ओमोडा ई-५ चक्काको पिक पावर समेत परिक्षण नगरी यातायात व्यावस्था विभागले ९९ किलोवाट भनि प्रमाणित गरिदिएको छ ।

राजस्व अनुसन्धान विभागले मंगलबार साइमेक्स इंकले आयात गरेको अटो-३ (Atto-3) गाडीले भन्सार महसुल छलि गरेको भन्दै साइमेक्सको कार्यालयमा छापा मारेको छ । विभागले एक हजार गाडीमा किलोवाट छलि भएको भन्दै अनुसन्धान सुरु गरेको हो ।

सरकारले इभी गाडीको किलोवाटमा कर लगाउने नीति लिएको छ । किलोवाट अनुसार कर लगाउँदा धेरै किलोवाटलाई धेरै कर र थोरै किलोवाटलाई थोरै कर लगाउने गरिएको छ । विशेषगरी ५० देखी १०० किलोवाटको बिचमा धेरै किलोवाट छलि हुने गरेको छ । १ सय किलोवाट भन्दा बढीको गाडीलाई १ सय किलोवाटकै कागजात बनाउँदा १५ प्रतिशत राजस्व कम पर्न जान्छ ।

आर्थिक ऐन २०८० अनुसार ५१ देखी १०० किलोवाट सम्म १० प्रतिशत अन्तशुल्क र  १५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । यस्तै,  १ सय किलोवाट देखी २०० किलोवाट सम्मको इभि गाडीमा २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।

यसरी छलि गरिएको छ किलोवाट

ओमोडाको आधिकारिक वेवसाइटमा १५० किलोवाटको स्पेसिफिकेसन भएको गाडी देख्न सकिन्छ । तर ९९ किलोवाटको गाडी वा गाडीको मोडेल नै फेला पार्न सकिदैन । किनभने कम्पनीले ९९ किलोवाटको ओमोडा ई-५ को गाडी नै निर्माण गरेको छैन । १ सय ५० किलोवाटको गाडी र ९९ किलोवाटको गाडी एकै क्षमता एकै पर्फमेसनको भएको उल्लेख गरिएको छ ।

गाडी बिक्रेता शारदा ग्रुपले वेवसाइमा राखेको स्पेशीफिकेसन र गाडी उत्पादक कम्पनीले वेबसाइटमा राखेको गाडीको फिचर एकै प्रकृतिको छ । मात्रै किलोवाट फरक लेखिएको छ । कम्पनीले सबैभन्दा ठूलो झुटो विवरण म्याक्सिमम ट्रर्क (max torque-n*m) एनएम ३ सय ४० देखाएको छ । अब प्रश्न रहन्छ ९९ किलोवाट र १५० किलोवाटको ट्रर्क पावर कसरी एकै हुन्छ ? सबै भन्दा ठूलो किर्ते ने यहि भएको व्यवसायीहरुको भनाइ छ ।

यसैगरी, सिङगल चार्जमा ४३० किलोमिटर गुड्ने उल्लेख गरेको छ । यहाँ पनि ९९ किलोवाट क्षमता र १५० किलोवाट क्षमताको किलोवाटको माइलेज एकै देखाइएको छ । ब्याट्री क्यापासिटी ६१ केडब्लुएच उही देखाइको छ । गाडीको अन्य फिचर पनि एकै प्रकृतिको देखाइएको छ ।

नेपालमा बिक्री हुने स्पेशिफिकेसन

चीनको स्पेशिफिकेसन

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्