Shikhar Insurance
National Life

महाभारतमा एउटै घरबाट वार्षिक १० लाखसम्मको कफी बिक्री, बजारीकरणको सुविधा

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १३:०६
Hyundai
NCELL
NIMB

धुलिखेल । महाभारत गाउँपालिकामा कफी खेतीप्रति किसान आकर्षित भएका छन् । खेती राम्रो हुने र बजारीकरणको समस्या नहुने भएकाले पछिल्लो समयमा किसान कफी खेतीतर्फ आकर्षित भएको डा नं ५ का सुवास जिम्बाले बताएका हुन् ।

उनले यहाँका किसानले एउटा घरबाट मात्रै कफी खेतीबाट वार्षिक पाँचदेखि दश लाखसम्मको बिक्री गर्दै आएको बताए । महाभारतका किसानका लागि आम्दानीको स्रोत कफीखेती भएकाले विगतका वर्षदेखि नै बिरुवा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०/८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि शाखाको आयोजनामा कफी उत्पादन हुने वडामा सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा किसानलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिम डाँगीले जानकारी दिए । उनले भने,“महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नं १, २, ५, ६, ७ र ८ मा कफीको बिरुवा वितरण भइरहेको छ । कफी उत्पदान गर्ने किसानले सम्बन्धित वडामा सम्पर्क गरी बिरुवा लिन सक्नुहुनेछ ।” महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको उनले बताए । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एक लाख कफीको बिरुवा वितरण गरेको उनले बताए । महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । यहाँका किसानले कफी उत्पादनलाई जोड दिएपछि बागमती प्रदेश सरकारद्वारा एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/८२ का लागि प्रमदेशर पालिकाको साझेदारीमा कार्यान्वनय गर्ने गरी महाभारत गाउँपालिका–५ लाई कफी उत्पादनको लागि छनोट गरेको छ ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्