Shikhar Insurance
National Life

संसद सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ ।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरेका हुन् । संसदका बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएका उनको सचिवालयले जनाएको छ । बुधबारको प्रतिनिधिसभको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्