काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो तिन दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रहेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ रहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा खरिद बिक्री भएको थियो । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया दिनुहोस्