Shikhar Insurance
National Life

भारतमा इन्धनको मूल्य अहिलेसम्मकै बढी, महिना मै १४ पल्ट बढेर भारु १०० नजिक

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतमा इन्धनको मूल्य अहिलेसम्मकै बढी भएको छ । मे महिनामै १४ पल्ट तेलको मूल्य बढेर इतिहासकै सबैभन्दा बढी भएको हो ।

राजधानी नयाँ दिल्लीमा पेट्रोलको नयाँ मूल्य भारु ९३.६८ पुगेको छ भने डिजेल प्रतिलिटर भारु ८४.६१ मा विक्री भइरहेको छ । मुम्बइमा पेट्रोल र डिजेल क्रमशः भारु ९९.९४ र भारु ९१.८७ प्रतिलिटरमा बिक्री भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फाइनान्सियल एक्स्प्रेसका अनुसार इन्धनको मुल्य भारु १०० नजिक पुगेको छ ।

भारतमा भारत पेट्रोल कर्पोरेसन, इन्डियन आयल कर्पोरेसन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरका आधारमा दैनिक तेलको मुल्य समायोजन गर्ने गर्छन् ।

कहाँ कति ?

चेन्नई – पेट्रोलः भारु ९५.२८, डिजेलः भारु ८९.३९
कोलकाता – पेट्रोलः भारु ९३..७२, डिजेलः भारु ८७.४६
पुने – पेट्रोलः भारु ९९.५६, डिजेलः भारु ९०.१०
बैंगलुरु – पेट्रोलः भारु ९६.८०, डिजेलः भारु ८९.७०
हैदरावाद – पेट्रोलः भारु ९७.३६, डिजेलः भारु ९२.२४
नोयडा – पेट्रोलः भारु ९१.२९, डिजेलः भारु ८५.०८
मोहाली – पेट्रोलः भारु ९५.८६, डिजेलः भारु ८७.५२
चन्दीगढ – पेट्रोलः भारु ९०.११, डिजेलः भारु ८४.२७
गुरुग्राम – पेट्रोलः भारु ९१.५४, डिजेलः भारु ८५.१९

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्