काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी सनराईज होल्डिङ्गस् प्रालिको नाममा रहेको १ लाख ३८ हजार ७ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
साविकका संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा कम्पनी, संस्थाहरुलाइै बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्