Shikhar Insurance
National Life

बीवाईडीले १००० गाडीमा ५४ करोड कर छलेको निष्कर्ष, जरिवानासहित एक अर्ब ६२ करोड बिगो

प्रकाश वाग्ले
२०८१ असार ५, बुधबार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ विद्युतिय गाडी बिक्री गर्ने साइमेक्स इंकले १ हजार गाडीमा भन्सार छलि गरेको खुलेको छ । साइमेक्सले बिक्री गर्ने अटो-३ (atto-3) मोडेलको गाडीमा ठूलो मात्रामा भन्सार महसुल चुहावट भएको देखिएको हो । मंगलबार राजस्व अनुसन्धान विभागको टोलीले साइमेक्सको कार्यालयमा छापा मारेको थियो । विभागको टोलीले मंगलबार केहि कागजात नियन्त्रणमा लिएर फर्किएका थिए ।

विशेष सूचनाको आधारमा साइमेक्सको कार्यालयमा छापा मारेको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । महानिर्देशक बुढाले सिंहदरबारसँग भने, ‘विभागले व्यवसायमैत्री वातावरणमा नै बीवाईडी गाडीमा भन्सार महसुल छलिको विषय हेर्छ, विभागले हेर्दैमा कैफियत देखिन्छ भन्ने होइन कैफियत नभए छिट्टै क्लिनचिट दिइहाल्छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीवाइडीका कर्मचारीहरु भने बुधबार थप डकुमेन्ट लिएर विभाग पुगेका छन् । उनीहरुले आफूहरुले नियम अनुसार नै गाडी आयात गर्ने गरेको बताउँदै आएका छन् । साइमेक्सले चीनको २ गाडी निर्माता कम्पनीसँग गाडी खरिद गर्दै आएको छ । चीनमा अटो-३ को मोटर पिक पावर १ सय ५० किलोवाटको उत्पादन हुने गरेको छ । तर नेपालमा भने १ सय किलोवाटको भएको दाबी गरेको छ । १५० किलोवाट क्षमताको गाडीलाई सय किलोवाट लेखाएर नक्कली कागजात बनाएको दाबी विभागको छ ।

कम्पनीले पेश गरेको कागजातमा शंका लागेपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको हो । भन्सार विभागको तथ्यांक अनुसार बिवाईडी अटो-३ एक हजार वटा भन्दा बढी आयात भैसकेको छ । साइमेक्सले भन्सार मूल्य ३६ लाख १० हजार घोषणा गरेको छ । यदी अटो-३, १ सय ५० किलोवाटमै आएको भए आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तशुल्क गरी ४० प्रतिशत राजस्व तिर्नु पर्थ्यो । तर कम्पनीले नक्कली डकुमेन्ट बनाएर १०० किलोवाट लेखाएर ल्याएको राजस्व अनुसन्धान विभागको आरोप छ ।

यसरी ५० किलोवाट घटाउँदा साइमेक्सले १५ प्रतिशत भन्सार महशुल र १० प्रतिशत अन्तशुल्क मात्रै तिरेको छ । अर्थात प्रति गाडीमै ५ लाख ४१ हजार ५ सय कम राजस्व तिरेको छ । यसरी १५० किलोवाटको गाडीलाई १०० लेखाउँदा प्रतिगाडी १५ प्रतिशत कम राजस्व दाखिला गरेको छ । ३६ लाख १० हजार भन्सार घोषणा गरिएको सो गाडीमा १५ प्रतिशतको दरले ५ लाख ४१ हजार ५ सय राजस्व छलि हुदाँ एक हजार गाडीमा ५४ करोड १५ लाख भन्सार महसुल छलि भएको छ ।

राजस्व अनुसन्धान विभागले अन्य कम्पनीको गाडीमा पनि भन्सार छलि भएको विषयमा अनुसन्धान गरिरहेको छ । राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार राजस्व छलि भएको पुष्टी भएमा छलि भएको राजस्वको ३ सय प्रतिशतसम्म जरिवाना लगाउन सक्ने व्यवस्था छ । यस्तै, १० करोड भन्दा बढी राजस्व छलि भएको अवस्थामा संचालकहरु ५ वर्ष जेल जाने व्यवस्था ऐनले गरेको छ ।

इभी गाडीहरुमा भन्सार छलिको केहि प्रमाण भेटिएपछि भन्सार विभागले जेठ ४ गते सबै कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । परिपत्रमा इभी गाडीको पिक पावरमा भएको भन्सार छलि उच्च सतर्कताका साथ हेरी छुट महसुल कायम गरी असुल उपर गर्न परिपत्र गरिसकेको छ । सव परिपत्रपछि सम्बन्धित कार्यालयहरुले इभी गाडीको किलोवाट छलि भएको सम्बन्धमा थप अध्ययन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्