Shikhar Insurance
National Life

मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्छ : प्रमुख सचेतक लेखक

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बजेटको मुल मान्यतामा नै त्रुटी भएको बताए । उनले मन्त्रीजीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनःलेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निस्कर्षमा काँग्रेस पुग्ने जानकारी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्