Shikhar Insurance
National Life

घुँगी व्यापारबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै सुनसरीकी मुखिया

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १६:०८
Hyundai
NIMB

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहेकी छन् । उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आएकी हुन् ।

मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताउँदै मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको बताईन् । उनले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आएकी छन् । उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उनले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताईन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घुँगीको व्यापारबाट उनले मासिक २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिए । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनले सुनाईन् ।

उनले घुँगी प्रतिकिलो १ सयमा बिक्री गर्दै आएकी छन् । उनले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएकी छन् । उनले भनिन्,“घुँगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।”

गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताईन् । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको बुझाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्