Shikhar Insurance
National Life

धादिङमा सिटिजन्स बैंकको दुई नयाँ शाखा संचालन, गजुरीस्थित विद्यालयलाई सहयोग

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १४:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा संचालनमा ल्याएको हो ।

गजुरी र धार्केमा आज(बुधबार) आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेश राज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा हामी धादिङ बासीहरुको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त शाखाहरुको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा संचालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गजुरी ०१, आधामारा धादिङमा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ । विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफु हर्षित भएको पनि बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्