काठमाडौं । सुनको मूल्य बुधबार पनि स्थिर रहेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज(बुधबार) पनि स्थिर रहेको हो ।
बुधबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सुन सोमबारदेखि सोही मूल्यमा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सुनको मूल्यमा स्थिरता आएपनि चाँदीको मूल्य भने धेरै थोरै रुपैयाँले थपघट भइरहेको छ । बुधबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्