Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले त्रियुगा न.पा.–७, चुहाडेस्थित श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई असार ४ गते व्याग वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष श्री उद्घब काफ्ले र प्रधानाध्यापक श्री धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । सो व्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्