Shikhar Insurance
National Life

नेशनल लाईफ इन्स्योरेन्सद्वारा कर्मचारीहरुलाई बहूआयामिक प्रशिक्षण प्रदान

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई एक बहूआयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तूलित जीवन प्रवर्धन गर्ने प्रयोजनले असार २, ३, र ४ गते बहुआयामिक प्रशिक्षण प्रदान गरेको हो ।

यो प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकाश हूने र कम्पनीको लागि समेत उपयोगी हूने कम्पनीले अपेक्षा गरेको छ । विविध पक्षलाई समटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालिमको नेतृत्व आर्ट अफ लिभिगं नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रि«य कर्पोरेट प्रशिक्षक हून, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । साथै, यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आर्ट अफ लिभिगंसंग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा बढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग ज्ञडट देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसँग मेल खाने हिसावले तयार गरिएको ५ । यस कार्यक्रमबा६ सहभागीहरुलाई रोग र तनाव(मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्र्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

नीभा एम प्रधानले भने,“कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दो संख्या देखेर हामी हर्षित छौँ । हाम्रो समग्र प्रशिक्ष०ा प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसाबले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ ।”कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिगं नेपालका अध्यक्ष सिद्धेश्वर कूमार सिंहको उपस्थिति रहेका थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्