काठमाडौं । एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ । कम्पनीले आफुलाई मनपर्ने कुनै नम्बर आफ्नै मोबाइल नम्बर बनाउँन सकिने गरी यो योजना ल्याएको हो ।
ग्राहकहरुले आफुलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउँन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजनामार्फत जन्मदिन मिति, सहयात्रीलाई पहिलो पटक भेटेको दिन, सवारी साधनको नम्बर, वा अन्य कुनै महत्वपूर्ण मिति तथा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सक्नेछ ।
कम्पनीले भने,’आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै तपाईंले आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्नुहुन्छ । उदाहरणका लागि, श्रीमानले अन्तिमको ६ अंक xxx९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतिले मिल्दोजुल्दो xxx९४१ नम्बर लिन सक्छन् ।’ यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुने र सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सकिने कम्पनीले जानकारी गराएको छ ।कम्पनीका अनुसार ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्नेछन् ।
यो योजनाबारे बोल्दै एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने,“मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ । आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं । ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।”
यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ । यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ देखि १ हजार ४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । *१२३# डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ ।
एनसेलले बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् । एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्