काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४ रुपैयाँ कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, बाराही हाइड्रोपावर पब्लीकको ६.०१ प्रतिशत, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४.७१ प्रतिशत सहित २३१ कम्पनीको सेयरमा गिराबट आएको छ ।
प्रतिक्रिया दिनुहोस्