Shikhar Insurance
National Life

गृहमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनि प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरेपनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरुको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए । सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिए ।

सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्