काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसदलाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए ।
सांसद पौडेलले वृद्धवृद्धा र अपांगता भएकाहरुलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए ।
प्रतिक्रिया दिनुहोस्