काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरु स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले कर्णाली प्रदेशका राजमार्गहरु मृत्यु राजमार्ग बनेका बताए । उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए ।
सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्