Shikhar Insurance
National Life

नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण छ : प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार ११:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौंमा मंगलवार (आज) देखि सुुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेण्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तिब्र रूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतिलाई सम्बोधन गर्न आग्रह गरे । विकासमा चुनौति खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरे । उनले नेपाल ठूला संकटहरको सामना गर्न कमजोर रहेको र जलवायु परिवर्तनको असरले उक्त जोखिमलाई अझ बढाएको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान दिएपनि नेपाल जलवायु परिवर्तनको प्रतिकुल प्रभावबाट असमान रूपमा प्रभावित भएको बताए । उनले नेपालको प्रचुर जलविद्युत स्रोत, फस्टाउँदै गइरहेको, पर्यटन, कृषि व्यवसाय क्षेत्रहरू र युवा मेहनति जनसंख्या नेपालका लागि प्रमुख शक्तिहरू भएको दाबी गरे । उनले विनाशकारी भूकम्प, प्रकोप, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक मन्दी जस्ता महत्वपूर्ण चुनौतिहरूको सामना नेपालले पनि गर्नुपरेको र यसले विकासमा बाधा पु¥याएको बताए ।

प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडिसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको जानकारी गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्