Shikhar Insurance
National Life

निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकार संवेदनशील भएन : अध्यक्ष सिंह

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा निर्माण उद्योग धराशायी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्माण उद्योग धराशायी हुँदा मुलुकको अर्थतन्त्रलाई समस्या परेको उल्लेख गर्दै निर्माण व्यवसायीका माग सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकार र आगामी आर्थिक वर्षको बजेट संवेदनशील नभएको जिकिर गरे । उनले निर्माण व्यवसायीका माग सम्बोधन गर्न राजनीतिक नेतृत्व र राजनीतकि दलहरु संवेदनशील नभएको आरोप लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष सिंहले अर्थ मन्त्रालय र विकासे मन्त्रालयले निकालेको योजनामा धेरै नै भिन्नता पाएको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । उनले अहिले पनि सरकारले गम्भीर भएर निर्माण व्यवसायीका समस्या समाधान नगर्ने हो भने मुलुकको अर्थतन्त्र थप धराशायी हुने जिकिर गरे । सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरु भए कटौति गर्नेतिर लैजान आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्