Shikhar Insurance
National Life

अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा असार २६ गते

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले पुन : साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असार २६ गते तारकेश्वर पार्टी प्यालेस, गौशालामा बस्ने गरी सभा पुन : आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०८०/०८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने साथै नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रबंधित वा निमाणांधिन जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा छलफल गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

साथै, सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

सभा प्रयोजनका लागि २०८० फागुन २४ गते बुक क्लोज भै सकेकाले सोहि मितिलाई सेयर दाखिला खारेजी बन्द (बुक क्लोज) मिति कायम गरिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)मा ०८० फागुन २३ गतेसम्म कारोबारमा आएका सेयरधनीहरु मत्र सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्