काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले आज एक सूचना प्रकाशन गर्दै उक्त सेयरमा आवेदन असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सक्ने जानकारी दिएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसअघि बैंकले असार ४ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको थियो । उक्त सेयर खरिदको लागि जोकोही व्यक्ति, कम्पनी तथा संस्थाहरूले खरिद आवेदन दिन सक्जनेछन् ।
सेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्