काठमाडौं । काठमाडौं । यशोदा फुड्स प्रालिले सामाजिक सञ्जालका कपोलकल्पीत कुराहरुको पछाडि नलागि ढुक्कसँग उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीले केही व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत यशोदा फुड्स प्रालिद्वारा उत्पादित चाउचाउ लगायत विभिन्न स्न्याक्सहरुप्रति मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुरा प्रचार गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।
उद्योगलाई बदनाम गराउन हुदैँ नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको जनाउँदै कम्पनीले यस्ता कपोलकल्पीत कुराहरुको पछाडि नलागि कम्पनीका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ ।
कम्पनीले भने, ‘यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाई आएको व्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको र कुनै कपोलकल्पीत फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरुको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरु प्रति सचेत रहेको व्यहोरा सादर अनुरोध गर्न चाहन्छौँ’
कम्पनीले हालसम्म विदेशी चाउचाउ पैठारीमा राज्यको अरबौ रुपैंया विदेशिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान र उद्योगबाट उत्पादित मैदा लगायतका कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको यशोदा फुड्सले जनाएको छ । ठुलो धनराशी विदेश जानबाट रोक्नुका साथै करिब १ हजार नेपालीहरुलाई प्रत्यक्ष रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाएको कम्पनीले जनाएको छ ।
यशोदा फुड्स प्रालिका उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको साथै ६० करोड नेपाली रुपैयाँभन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको कम्पनीले जनाएको छ ।
‘हजारौं नेपालीहरुलाई रोजगारी, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सराकारलाई राजस्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने उद्देश्य कम्पनीको रहेको छ’ यशोदा फुड्सले एक सूचनामार्फत भनेको छ ।
प्रतिक्रिया दिनुहोस्