Shikhar Insurance
National Life

६ किलो सुन र ४८ लाख नगदसहित सोनाम गुरुङ पक्राउ, ६० किलो सुन तस्करीमै जोडिए

सिंहदरबार संवाददाता
२०८१ असार ३, सोमबार १३:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६ किलो सुन र ४८ लाख नगद सहित १ जना पक्राउ गरेको छ । सोमबार बौद्धबाट गुरुङलाई पक्राउ गरेको हो । सिआइबीले ६० किलो सुन अनुसन्धानको पुरक अनुसन्धान सुरु गरेको छ । राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो सुनको अनुसन्धानको क्रममा गुरुङ पक्राउ परेको हो ।

६० किलो सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी युएसडीटी (USDT) बाट दिने मानिसहरुको खोजतलास गर्ने क्रममा गुरुङ पक्राउ परेको सिआइबीले जनाएको छ । विशेष सूचनाका आधारमा बौद्धमा डेरा गरी बस्ने चिनियाँ नागरिक सेराप भन्ने व्यक्तिहरु अवैध सुन र युएसडीटीको कारोवारमा संलग्न रहेको प्रमाणको आधारमा बौद्ध तिनचुली चारघरे स्थित डेरा गरी बस्ने बर्ष ३७ को आफूलाई चिनिया नागरिक बताउने शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई पक्राउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुरुङको भाडा कोठामा रित पुर्वक खान तलासी गर्ने क्रममा अवैध सुन ६ थान १ किलो लेखिएको र नगद रू. ४८ लाख समेत बरामद गरी थप अनुसन्धान भईरहेको सिआइबीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्