Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तको ५० हजार बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार ३, सोमबार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता, कमला शर्माको नाममा रहेको १७ हजार २४ कित्ता, दोलराज सापकोटाको नाममा रहेको ३ हजार १ सय ७४ कित्ता र गुडाखर सापकोटाको नाममा रहेको २४ हजार ५ सय २६ कित्ता सेयर गरी जम्मा ५२ हजार ३ सय ५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई भएकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी-०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१, नागपोखरी नक्सालमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको निवेदन पेश हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्