Shikhar Insurance
National Life

बेस्ट फाइनान्सले भोलीदेखि साढे ३ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दै, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ३, सोमबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समुहको ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोली (मंगलबार असार ४ गते) देखि सेयर लिलामी बिक्री खुला गर्न लागेको हो ।

सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संस्थाहरुले असार ४ गतेदेखि असार ११ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् । यस्तै, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

बेस्ट फाइनान्सको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्