Shikhar Insurance
National Life

सुदूरपश्चिम प्रदेश : ‘विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक छ’

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार १६:१८
Hyundai
NCELL
NIMB

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गरेको छ । मन्त्रालयले आगामी आवको बजेट विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक रहेको दाबी गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान (बजेट) वक्तव्य सम्बन्धी छलफल गर्न मन्त्रालयले आज धनगढीमा आयोजना पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले समयको अभावबीच फरक ढङ्गले बजेट ल्याइएको बताए । बजेटमा सबै क्षेत्रलाई समेटिएका छन् । सन्तुलित हिसाबले आवश्यकताका आधारमा बजेट विनियोजन भएकाले विगत वर्षका तुलनामा सकारात्मक छ उनले भने ‘बजेटमा विभिन्न कार्यक्रममार्फत जनजीविकाका विषय समेटेका छौं।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आवको बजेटमा व्यक्तिगत फर्ममा बजेट नराखिएको मन्त्री पालले बताए । बजेट खर्च कम हुने प्रवृत्तिलाई हटाउन आगामी आवको साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

मन्त्री पालले शनिबार प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार चालुतर्फ ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख विनियोजन गरिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्